Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री ओली भन्छन्– यो सरकार भातरोटी खान्छ, घुस खाँदैन





काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता गतिविधि हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
काठमाडौं महानगरपालिका–११, भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै उनले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । उनले भने, “वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाऊ भन्दैन, निर्दोषलाई फसाऊ भन्दैन र दोषीलाई छाड्दैन ।”
वर्तमान सरकार देश र जनताका पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उनले उल्लेख गरे । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन उनले निर्देशन दिए । “यो सरकार केवल अर्को सरकार होइन । यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ,” प्रधानमन्त्री ओलीले भने ।
प्रहरीमा बढुवा र सरुवाका निम्ति कुनै दौडधुप गर्नु नपर्ने उल्लेख गर्दै उनले भने, “झोलाथैला बोकेर कसैकामा कुद्नु पर्दैन । अहिलेको सरकार भातरोटी खान्छ, घुस खाँदैन । तपाईंहरू कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस् । अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।”