Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लोसपा, जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने तयारी





काठमाडौँ ।
मधेसमा अर्को मोर्चा गठनको तयारी भइरहेको छ । सात दलीय संघीय लोकतान्त्रिक मोर्चा क्रियाशील रहेको बेला अन्य दलहरूको बिचमा मोर्चाबन्दी वा कार्यगत एकताको विषयमा छलफल भइरहेको हो । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा)नेपालबिच कार्यगत एकताका लागि छलफल चलिरहेको स्रोतले जनाएको जनाएको छ ।
स्रोतका अनुसार तीन वटै दलको बिचमा हुनसक्छ वा अलग अलग पनि कार्यगत हुनसक्छ । जसपाले लोसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालसँग अलग अलग कुरा गरिरहेको छ । यी दलहरूको बिचमा एक दुई चरण कुराकानी भइसकेको जसपाका एक नेताले बताए । सोही विषयमा छलफल गर्न जसपाले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज तीन बजे बस्ने बैठकमा यही कार्यगत एकता अथवा मोर्चाको विषयमा छलफल हुने बताइएको छ । सो बैठकको एक मात्र एजेण्डा दलहरूसँग कार्यगत एकताका लागि भइरहेको प्रयासको विषय रहने बताइएको छ ।
जसपाका महासचिव इस्तियाक राइले लोसपा र राष्ट्रिय मुक्ति पार्टीसँग मात्र होइन अन्य दलहरूसँग पनि छलफल चलिरहेको बताए । मुद्दा, विचार र एजेण्डा मिल्ने दलसँग कार्यगत एकता गर्ने जसपाले निर्णय नै गरिसकेको उनले बताए ।
आज बस्ने कार्यकारिणी समितिले यस विषयमा पनि छलफल गर्ने उनले बताए । ‘विभिन्न दलहरूसँग भएको छलफलको विषय त्यहाँ प्रस्तुत हुन्छ, अनि त्यसमा छलफल हुन्छ’, उनले बताए ।