Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इरानको परमाणविक कार्यक्रमलाई पाकिस्तानको समर्थन





एजेन्सी ।
पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले हालै इरानमा भएको इजरायली आक्रमणको निन्दा गरेको र देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान भ्रमणमा छन् । यस क्रममा उनले पाकिस्तानसँग कैयौं सम्झौतामा हस्ताक्षरसमेत गरेका छन् ।
शहबाज शरीफले भनेका छन्, ‘आतंकवादविरुद्ध पाकिस्तान र इरानको सोच एकजस्तै छ । एसिया क्षेत्रमा शान्ति र विकासको बाटो खुला राख्नुपर्छ ।’ यता इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने, ‘इजरायल यस क्षेत्रलाई अस्थिर बनाउने एजेन्डामा काम गरिरहेको छ । मुस्लिम देशहरुलाई शान्तिका लागि एकजुट हुन जरुरी छ ।’
उनले इजरायली आक्रमणविरुद्ध पाकिस्तानी समर्थनमा आभार व्यक्त गर्दै पाकिस्तानसँग राम्रो सम्बन्ध इरानको विदेश नीतिको एक महत्वपूर्ण हिस्सा रहेको बताए । पाकिस्तानको सरकारी एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौतामा र एमओयूमा हस्ताक्षर गरेका छन् । जसमा व्यापार, कृषि, विज्ञान, टेक्नोलोजी, इनोभेसन, सूचना एवं सञ्चार र समुद्री सुरक्षासमेत अन्य सहयोगहरुसमेत छन् ।