Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नत्याग्ने हमासको चेतावनी





एजेन्सी ।
हमासले हतियार बिसाउन पुनः अस्वीकार गरेको छ । प्यालेस्टाइन सम्प्रभू देश नबनेसम्म हतियार नबिसाउने हमासको स्पष्टोक्ति छ ।
गाजा क्षेत्रमा इजरायल र हमासबीचको युद्ध रोक्ने प्रयास भइरहेका बेला हमासले आफ्नो युद्धविराम नरोक्ने जवाफ दिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्ताव राखेका थिए । त्यसमा इजरायलले युद्धविरामका लागि हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो ।
इजरायलले युद्धविरामका लागि सशस्त्र प्यालेस्टिनी समूह हमासले हतियार त्याग्नुपर्ने प्रमुख सर्त राख्दै आएको छ ।
इजरायल र हमास आआफ्नो अडानमा कायम रहेकाले युद्धविरामका लागि पछिल्लो समय भइरहेको वार्ता पनि रोकिएको छ ।
केही दिन अगाडि अरब दशहरुले हमासले हतियार बिसाउने र गाजाको नियन्त्रण छोड्न अनुरोध गरेका थिए । त्यो भन्दा पहिले फ्रान्स, क्यानडा, बेलायतसमेत केही पश्चिमा देशहरुले प्यालेस्टाइनलाई के देशको रुपमा मान्यता दिने योजना बनाएको समाचार सार्वजनिक भएको थियो । बेलायतले भनेको छ यदि इजरायलले आगामी सेप्टेम्बर महिनासम्म कुनै पनि सर्त मानेन भने उसले यसै गर्ने छ ।