

जनकपुरधाम ।
अनेरास्ववियुका विद्यार्थी नेता पुरुषोत्तम चौधरीलाई अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) धनुषा तथा सिरहा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ । संगठनले शिक्षा, संगठन र परिवर्तनको यात्रामा नयाँ ऊर्जा थप्ने अपेक्षासहित उनलाई यो जिम्मा दिएको हो ।
चौधरीले यसअघि अनेरास्ववियु जनकपुरधाम उपमहानगरपालिका कमिटीको अध्यक्ष हुँदै दुई कार्यकालसम्म धनुषा जिल्ला अध्यक्षको नेतृत्व गरिसकेका छन् । हालै सम्पन्न २४औं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए ।
