Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुसी पूर्वराष्ट्रपति मेदवेदेवको भडकाउ बयानपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनडुब्बी जाहज तैनाथ गर्न दिए आदेश





एजेन्सी ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रूसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवका कडा अभिव्यक्तिपछि भड्किएका छन् । रुसी पूर्व राष्ट्रपतिको अभिव्यक्तिलाइ ‘उत्तेजक’ भन्दै ट्रम्पले जवाफस्वरूप दुईवटा आणविक पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएका छन् ।
ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले लेखे, ‘रूसी सुरक्षा परिषद्का उपाध्यक्षसमेत रहेका मेदवेदेवका निकै उत्तेजक अभिव्यक्तिहरूको आधारमा मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु ।’
उनले थपे, ‘यो म सावधानी स्वरूप गरिरहेको हुँ, किनभने यस्तो गैर–जिम्मेवार र उत्तेजक भाषा शब्दमै सीमित नहुन पनि सक्छ । शब्दको अर्थ हुन्छ, र कहिलेकाहीँ यस्ता शब्दले अप्रत्याशित परिणाम ल्याउन सक्छन् । आशा छ, यसपटक त्यस्तो हुने छैन ।’
ट्रम्पले ती पनडुब्बीहरू कहाँ तैनाथ गरिने हो भनेर खुलाएका छैनन्। अमेरिकी सेनाको नीति अनुसार यस्ता जानकारी गोप्य राखिन्छ । हालै, ट्रम्पले रूसलाई युक्रेनमा युद्धविरामका लागि चेतावनी दिएका थिए र त्यसको पालना नभए कडा प्रतिबन्ध लगाइने बताएका थिए । त्यसको प्रतिक्रिया स्वरूप मेदवेदेवले अमेरिकालाई धम्की दिएका थिए ।
रूसले ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तर ट्रम्पको भनाइ सार्वजनिक भएपछि रूसी सेयर बजारमा तीव्र गिरावट आएको बताइएको छ । सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपतिको भूमिका निर्वाह गरेका मेदवेदेवले यसै हप्ताको सुरुमा ट्रम्पलाई ‘रूससँग अल्टिमेटमको खेल’ खेलेको भन्दै कडा सब्दमा आलोचना गरेका थिए ।
एक्समा मा उनले लेखेका थिए, ‘प्रत्येक नयाँ अल्टिमेटम एक किसिमको धम्की हो र युद्धतर्फको अर्को पाइला हो ।’ उनले ट्रम्पको चेतावनीलाई ‘नाटक’ भन्दै रूसलाई यसको कुनै वास्ता नरहेको बताएका थिए ।
शुक्रबार, ट्रम्पले फेरि मेदवेदेवका अभिव्यक्तिमा प्रतिक्रिया दिँदै उनलाई ‘रूसका असफल पूर्व राष्ट्रपति, जसले अझै आफूलाई राष्ट्रपति ठान्छन्’ भनेर टिप्पणी गरेका थिए । ट्रम्पले मेदवेदेवलाई चेतावनी दिँदै भने, ‘उनी आफ्ना शब्दप्रति सचेत हुनु पर्छ, उनी निकै खतरनाक बाटोमा छन् ।’
मेदवेदेवले सन् २०२२ मा युक्रेनमा सुरु भएको रूसी आक्रमणको समर्थन गर्दै आएका छन् र उनी पश्चिमी देशका कडा आलोचक मानिन्छन् ।