Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

म्यानमारमा ४ वर्षपछि हटाइयो संकटकाल, ६ महिनाभित्र निर्वाचन गराउने तयारी





एजेन्सी ।
म्यानमारको सैनिक सरकारले चारवर्षे लामो संकटकाल अन्त्य गरेको छ । आगामी डिसेम्बरमा आमनिर्वाचन गराउनका लागि बिहीबार संकटकाल हटाइएको हो ।
सेनाले बहुदलीय प्रजातन्त्र स्थापनाका लागि ६ महिनाभित्र निर्वाचन गराउने जनाएको छ । सैनिक प्रवक्ता जाव मिन तुनले भनेका छन्, ‘बहुदलीय प्रजातन्त्रको बाटोमा देशले चुनाव गराउनका लागि बिहीबार संकटकाल खारेज गरिएको छ, ६ महिनाभित्र चुनाव गरिने छ ।’
तर सेनाले निर्वाचन मिति भने तोकेको छैन । तर दल दर्ताको काम भने भइरहेको छ ।
सेनाले सन् २०२१ फेब्रुअरीमा प्रजातान्त्रिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । सत्ता हातमा लिएसँगै सेनाले देशभर संकटकाल घोषणा गरेको थियो । सेनाले नागरिक सरकारलाई अपदस्थ गरेयताको गृहयुद्धमा हजारौँ मानिसको मृत्यु भएको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति हातमा लिएका सेना प्रमुख मिन आङ हलाइङले ६ महिनाभित्र निर्वाचन गरिने बताएका छन् ।