Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

निर्वाचन आयोगद्वारा ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर दलहरुसंग सुझाव माग





काठमाडौं ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर सुझाव मागेको छ ।
आयोगका अनुसार उक्त कार्यविधिको मसौदा तयार गरी राजनीतिक दलहरूलाई पठाइएको छ । सोही कार्यविधिको मसौदामाथि सुझाव मागिएको हो । आयोगमा सुझाव पेस गर्नका निम्ति यही साउन २२ गते सम्मको समय दिइएको छ ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्यांकन कार्यविधि २०८२ बनाइएको हो ।
यस निम्ति दल आफैंले आफ्नो मूल्यांकन गर्ने पद्धतिको विकास गर्न संस्थागत प्रबन्धको लागि निर्वाचन आयोगले तयार गरेको मस्यौदा उपर सुझाव प्राप्त भएपछि त्यसआधारमा आवश्यक हेरफेर समेत गर्न सकिने प्रवक्ता अर्यालले बताइन् ।
प्रवक्ता अर्यालका अनुसार राजनीतिक दलहरूका अलावा सरोकारवाला, विषय विज्ञ तथा सर्बसाधारणले समेत साउन २२ गतेसम्म कार्यविधिउपर आफ्नो राय सुझाव उपलब्ध गराउन सक्नेछन ।
कार्यविधिमा राजनीतिक दलले स्वमूल्यांकन गेर निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने लगायतका विषय समावेश छ । के कस्ता विषयमा स्वमूल्यांक्न गर्ने भनेर पनि कार्यविधिमा खुलाइएको छ ।
कार्यविधिको मस्यौदामा उल्लेख भए अनुसार ९ वटा विषय वा बँदामा स्वमूल्यांकन गरेर आयोगमा प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।