Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विधान महाधिवेशनकालागि एमालेद्वारा जिम्मेबारी बाँडफाँड





काठमाडौं ।
नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
पार्टी केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी तोकेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।
१० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो, कतिले पार्टी छोडे, ती सबै बिषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा.भिष्म अधिकारीले जानकारी दिए ।
यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ ।
यस्तै सचिवालय र खाना व्यवस्थापनको काम कार्यालय सचिव डा.अधिकारीले सम्हाल्ने छन् । यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन् ।
महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई र स्वागत नृत्यसहित विविध साँस्कृतिक कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य हेमराज राईलाई दिइएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले आवासको व्यवस्था आफैं गर्नुपर्ने एमालेले जनाएको छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।
विधान महाधिवेशनमा २ हजार २७९ जना प्रतिनिधि सहभागी हुने अनुमान छ । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ ।