

जनकपुरधाम ।
सर्लाहीको बागमती नगरपालिका– १२ स्थित भरत तालमा एक युवतीको शव फेला परेको छ । बुधबार दिउँसो भेटिएको शवको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तालमा तैरिरहेको अवस्थामा युवतीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायव निरीक्षक सुभाष यादवको कमाण्डमा प्रहरी टोली पुगेको थियो ।
उक्त शव डुङ्गाको सहायताले बाहिर निकालिएको र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।
निलो जिन्स पाइन्ट र हरियो कुर्था, हातमा रातो बाला, घाँटीमा मंगलसुत्र लगाएकी मधेसी मुलकी जस्ती देखिने करिब २२ वर्षीया युवतीको सनाखतको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्र कान्त अधिकारीले जानकारी दिए ।
