Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री ओली सहित १६ जनाविरुद्ध हुलाक मार्फत उजुरी





काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल ’सफल’ ले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत उजुरी पठाएका हुन् ।
पौडेलले प्रधानमन्त्री ओलीसहित आरोपित विभिन्न व्यक्तिहरूले पदमा रहँदा शक्तिको दुरुपयोग गर्दै मानव तस्करी गरेको उजुरीमा जनाएका छन् । साथै उनले प्रधानमन्त्रीसहित गृहमन्त्री रमेश लेखक तथा पूर्वगृहमन्त्रीसहितलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् ।
पौडेलले प्रधानमन्त्री ओली तथा गृहमन्त्री रमेश लेखकसहित उपसभामुख इन्दिरा राना, पूर्व गृहमन्त्रीहरू बामवदेव गौतम, कृष्ण सिटौला, भीम रावल,विजयकुमार गच्छदार,शक्तिबहादुर बस्नेत,विमलेन्द्र निधी,बालकृष्ण खाण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
यसअघि पौडेलले प्रधानमन्त्री ओलीसहितमाथि कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएका थिए । काठमाडौँ प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले उजुरी आएपनि आधिकारिक दर्ता हुन नसक्ने बताए ।