Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाजवादी मोर्चाद्वारा आफैमा कमजोरी देखिएको स्वीकार, सुधार्ने निर्णय





काठमाडौं ।
समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ ।
मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले मुलभूत रुपमा मोर्चा सफल रहे पनि केही प्रश्न उठेकोबारे छलफल भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले यसलाई सुदृढ गरेर अघि बढ्नेगरी छलफल भएको जानकारी दिए ।
‘मुलभूत रुपमा यस बीचमा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन्,’ विश्वकर्माले अघि भने, ‘मोर्चाले जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षालाई सशक्त रुपमा परिपूर्ती गर्ने काममा केही सीमा रहे ।’
सोही कारण पनि पछिल्लो दिनमा मोर्चामाथि केही प्रश्न उठेको उनको भनाइ थियो । ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । हाम्रा सीमाहरूलाई निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं,’ उनले भने ।
समाजवादी मोर्चालाई अहिलेको वस्तस्थितिमा देशलाई समाजवादी व्यवस्थामा लाने तहसम्म आफूलाई सदृढ गर्नुपर्नेतिर सोचिएको उनले बताए । त्यसका लागि राजनीतिक र बौद्धिक क्षेत्रका व्यक्तिहरूसँग छलफल हुने पनि उनले बताए ।