Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धारिलो हतियार प्रहार गरी जनकपुरधाममा किशोरीको हत्या





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गत राति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो । उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन् । घटनामा आशा यादव पनि घाइते भएकी हुन् । त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन् । घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले पछिल्लो समय मधेश प्रदेशमा हिंसात्मक घटनाहरू बढ्दै गइरहेको छ भन्ने तथ्यलाई पुनः उजागर गरेको छ ।