Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५९ अर्बको बीमा सुरक्षा, मधेशको एक लाख घरधुरी र हजारौं नागरिक बीमित





जनकपुरधाम ।
सामाजिक सुरक्षा सुदृढ गर्दै नागरिकको जीवनस्तर उकास्न मधेश सरकारले बीमा कार्यक्रम सुरु गरेको छ । साउन १ गतेदेखि औपचारिक रूपमा लागू भएको यो योजनाको पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमाको दायरामा ल्याइएको छ ।
प्रदेश सरकारले करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । कार्यक्रमले विशेष गरी विपन्न, सिमान्तकृत तथा जोखिममा रहेका वर्गलाई केन्द्रमा राखेको छ ।
घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरीलगायत प्राकृतिक विपद्का घटनामा पाँच लाख रुपैयाँसम्मको क्षतिपूर्ति प्रदान गरिनेछ । उता, नागरिक बीमा अन्तर्गत आकस्मिक मृत्यु, दुर्घटनाबाट हुने शारीरिक अपांगता तथा घाइते अवस्थालाई समेट्दै अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइनेछ ।
बीमा दाबी गर्न प्रमाणसहितको निवेदन, प्रहरी प्रतिवेदन, अस्पतालको रिपोर्ट, स्थानीय पालिकाको सिफारिस र नागरिकताको प्रमाण आवश्यक पर्नेछ ।