Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालले आयोजना गर्ने संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा जनमत सहभागी नहुने





काठमाडौं ।
संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा.सीके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो ।
मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । आजको बैठक जसपा नेपालले आह्वान गरेको छ । सिंहदरबारस्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । छलफलका एजेण्डाहरुमा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरुसँग मोर्चाको सहकार्य र विविधि राखिएको छ ।
जनमतप्रति जसपा नेपालको व्यवहार, रुपन्देही–३ उपनिर्वाचन लगायतका कारणले मोर्चाको बैठकमा संलग्न नहुने अवस्था बनेको जनमतका नेताहरुले बताएका छन् । ‘मोर्चाप्रति हाम्रा केही चासोका विषय छन् । ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने कुरा हुन्छ । मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन’, जनमतका प्रवक्ता डा.शरदसिंह यादवले भने ।
गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।