Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चार दिनमा सुनको मूल्यमा ४ हजारको गिरावट





काठमाडौं ।
चार कारोबार दिनमा सुन प्रतितोला ४ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको सुन घटेर अहिले १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको छ । आइतबार र सोमबार यहीं मूल्यमा सुनको कारोबार भएको महासंघले जनाएको छ । सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा स्थिर भएको हो । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।