Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा





काठमाडौँ ।
एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’
एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन् । प्रहरी सहायक निरीक्षक (असई) देखी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सम्मको दर्जालाई जुनियर अधिकृत भनिन्छ ।
जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् ।
३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।