Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह





काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै मनसुन सक्रिय नभएसम्म सिंचाई प्रयोजनमा प्रयोग हुने मोटरहरु राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।
तराईका जिल्लाहरुमा सुख्खा खडेकीका कारण रोपाइ गर्न पानी नभएपछि मोटर तानेर सिँचाइ गरिरहेकाले यस्तो सूचना जारी गरेको प्राधिकरणले जनाएको छ ।
यस वर्ष लामो सयमदेखि तराईका जिल्लाहरुमा सुख्खा खडेरीका कारण अत्याधिक गर्मी बढ्न गई वितरण लाइनको संरचनाहरु ओभरलोडमा संचालन भई न्युन भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
साथै बढी विद्युत खपत गर्ने उपकरणहरु कम मात्रामा चलाई विद्युत व्यवस्थापनमा सहयोग गपरदिन अनुरोध समेत गरेको छ । यसअघि शनिबार साँझ प्राधिकरणको चनौली वितरण केन्द्रले आज दिनभर चितवनमा बत्ति जाने तालिका सार्वजनिक गरेपछि लोडसेडिङ भएको भन्दै आलोचना भएको थियो ।