Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको उत्तराखण्डस्थित हरिद्वारको मनसादेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु





एजेन्सी ।
उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
गढवाल मण्डल आयुक्त विनय शंकर पाण्डेले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्दिरमा ठूलो भीड जम्मा भएका बेला अकस्मात भागदौड हुँदा ६ जनाको मृत्यु भएको जानकारी दिएका छन् । भागदौडमा परेर १५ जना घाइते पनि भएका छन् ।
भागदौडबाट निस्किएका श्रद्धालुका अनुसार आइतबार भएका कारण मन्दिर परिसर श्रद्धालुको भीड थियो । वरिष्ठ प्रहरी अधीक्षकले घटना मनसादेवी मन्दिरभन्दा एक सय मिटर अगाडिको सिँढीमा भएको हो ।
घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । भीडमा बिजुलीको तार चुँडिएर करेन्ट फैलिएको अफवाहका कारण भागदौड मच्चिएको बताइएको छ । मर्नेमध्ये एक बालकसमेत छन् ।