Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लेबनानमा हिजबुल्लाहमाथी इजरायली आक्रमण





एजेन्सी ।
इजरायली सेनाले लेबनानमा हिजबुल्लाहमाथी आक्रमण गरेको छ । आफ्नो लडाकु विमानले लेबनानमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको इजरायली सेनाले जनाएको छ । हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको इजरायलले जनाएको छ ।
‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।’ इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भनेका छन् । आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाहले आफ्नो गतिविधि सञ्चालन गरिरहेका स्थानबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि सेनाले भनेको छ ।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाए । यस आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यी आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । आफ्ना सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको हिजबुल्लाहले बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्कालीन सुरक्षा बैठक बोलाएका छन् ।