

जनकपुरधाम ।
धनुषाको नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक भारतीय घाइते भएका छन् ।
गोली प्रहारबाट ४५ वर्षीय भारतीय नागरिक भर्ता पासमान घाइते भएका हुन् । घटनाको समयमा स्थानीय व्यापारी लालमोहन पासमानसँग विवाद भएपछि स्थिति नियन्त्रणमा लिन खोज्दा एसएसबीले गोली चलाएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सशस्त्र प्रहरीले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर नजिकको भारतीय भूभाग महिनाथपुरमा खाद्य सामग्री ओसारपसारका क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली चलाएको पुष्टि भएको छ ।
पासमानको कम्मरमा दुई राउण्ड गोली लागेको छ । घटनापछि सो सीमा तत्कालकालागि बन्द गरिएको छ ।
