Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानी हवाई क्षेत्रमा ४५ मिनेट उड्यो मोदीको विमान





एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट स्वदेश फर्किने क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेका छन् । पाकिस्तानी मिडिया हाउस डनले त्यहाँको नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै यो समाचार छापेको हो ।
समाचारका अनुसार मोदी ४६ मिनेटसम्म पाकिस्तानको हवाई क्षेत्रमा थिए । उनको विमान पोल्यान्डबाट काजकिस्तान, ताजकिस्तान इस्लामाबाद र लाहोर हुँदै अमृतसरबाट नयाँ दिल्ली पुगेको थियो ।
जियो न्युजका अनुसार मोदी चढेको विमान बिहान १०ः१५ बजे पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । ११ः०१ बजेसम्म विमान पाकिस्तानी हवाई क्षेत्रमा थियो । यस विषयमा हालसम्म भारतले भने केही बोलेको छैन । मोदी अमेरिका जाँदा पनि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गरेको दाबी डनले गरेको थियो ।
बालाकोट हमलापछि भारतका लागि पाकिस्तानी हवाई क्षेत्र बन्द
सन् २०१९ को फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । त्यसपछि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । पाकिस्तानले मार्चमा आंशिक रूपमा हवाई क्षेत्र खोल्यो । तर आफ्नो क्षेत्रमा भारतीय उडान प्रतिबन्धित नै राखेको थियो । सन् २०१९ मा भारतले प्रधानमन्त्री मोदीको विमानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको दाबी डनले गरेको छ ।
कश्मीर विवादका कारण पाकिस्तानले मोदीको विमानलाई उड्ने अनुमति दिएको थियो । त्यतिबेला जर्मनी जाने क्रममा मोदीको विमानले पाकिस्तानी हवाई क्षेत्र भएर जानु परेको थियो । तर दुई वर्षपछि पाकिस्तानले अमेरिका जान लागेको मोदी ननस्टप फ्लाइटलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएको थियो ।