Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व राष्ट्रपति भण्डारीलाई रोक्नेसहित एमालेले गर्यो ८ प्रस्ताव पारित





काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ८ प्रस्ताव पारित गर्दै सकिएको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँगै शोक प्रस्ताव पारित गरेको हो ।
एमालेले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ ।
भण्डारीको पार्टी सदस्यता नवीकरण र सक्रिय हुने विषयमा गम्भीर ध्यानाकर्षण गराएको भन्दै एमालेले यो सम्भव नहुने निष्कर्ष निकालेको छ ।
दैलेखमा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको, श्रमिकहरूको ज्याला बढेको, राजावादीहरुको आन्दोलन असफल भएको, सहकारीमा भएको बेथितिको सम्बोधन भइरहेकोले नागरिकमा आशा बढेको एमालेको निष्कर्ष छ ।
एमालेले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै सरकारलाई प्रभावकारी बनाउन गठबन्धनका दलहरुलाई आह्वान पनि गरेको छ ।