Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा विमान दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक





एजेन्सी ।
बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।
वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।
उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।
बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।
विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ । प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।
दुर्घटनासँगै बंगलादेशको अन्तरिम सरकारले भोलि मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । शोकका दिन देशभित्र र देशबाहिर रहेका सबै सरकारी, गैरसरकारी तथा स्वायत्त संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।