Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मटिहानी नगरपालिकाद्वारा कक्षा ११मा अध्ययनरत छात्रालाई साइकल वितरण





जनकपुरधाम ।
मटिहानी नगरपालिकाले राम माध्यमिक विद्यालय मटिहानीको कक्षा ११मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेको छ । विद्यालयसम्म सहजरुपमा पुग्न र पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले मटिहानी नगरपालिकाले विगत ५ बर्ष देखि कक्षा ११का छात्राहरुलाई साइकल वितरण गर्दै आएको छ ।
विद्यालयका छात्राहरुलाई श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्री शरतसिंह भण्डारी छात्राहरुलाई साइकल वितरण गरे । साइकल वितरण गर्दै मन्त्री भण्डारीले अबको आवश्यक्ता सामाजिक आर्थिक विकासको सँगसँगै रोजगारी सिर्जना गर्नु रहेको र यसकालागि छोरीहरु शिक्षित हुनु आवश्यक रहेको बताए ।
मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले गुणस्तरीय शिक्षाका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
बिद्यालयमा मटिहानी, सिमरदही , बहुअर्वा, सुगा, पर्सा पतैली, सिरसिया ,धिरापुर र धनुषाको तुल्सियाही, मुखियापट्टी ,मुसहरनिया लगायतका छात्र–छात्रा अध्ययनरत छन् ।