Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्कियो, १ जनाको मृत्यु, २० जना अस्पताल भर्ना





एजेन्सी ।
बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो ।
उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।
दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । मृतक र घाइतेको पहिचान भने सार्वजनिक भइनसकेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।
घाइतेलाई राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी प्रतिष्ठानमा भर्ना गरिएको प्रोथोम आलोले जनाएको छ ।
बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । उक्त विमान ठोक्किएको भवनमा स–साना बालबालिका अध्ययन गर्दै आएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
घाइते हुनेमा अधिकांश विद्यार्थी रहेका छन् । यद्यपि विमान ठोक्किएका बेला भवनमा पठनपाठन भइसकेको दाबी गरिएको छ । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।
हाल घटनास्थलमा उद्धारका लागि उत्तरा, टोङ्गी, पल्लबी, कुर्मितोला, मिरपुर र पूर्वाञ्चलका अग्निसेवा खटाइएको छ । त्यसबाहेक उद्धारका लागि बोर्डर गार्डका दुई प्लाटुन सैनिक परिचालन गरिएको छ ।
प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।