Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस





काठमाडौं ।
गृह मन्त्रालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयका अनुसार सोमबार बसेको बढुवा समितिको बैठक अनुसार ११ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
एसएसपीमा बढुवा सिफारिस भएका एसपीहरुमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत तुलबहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय कोशीमा कार्यरत राकेश सिंह, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत राजिव बहादुर बस्नेत रहेका छन् ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत कमल थापा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रविण धिताल, नेपाल प्रहरी प्रधान कार्यालय प्रवन्ध शाखामा कार्यरत प्रकाश रानाभाटलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
यस्तै एसएसपीमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महााखा नक्सालमा कार्यरत ज्ञानेन्द्र प्रसाद फुयाल, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत दीपक पोखरेल, नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौंमा कार्यरत दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत दीपेन्द्र शाही र जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत केदार खनाल रहेका छन् ।