Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल रेडक्रस सोसाइटीलाई विघटनबाट जोगाउन कर्मचारीहरु आन्दोलित





काठमाडौं ।
नेपाल रेडक्रस कर्मचारी संघले नेपाल रेडक्रस सोसाइटीमा देखिएको गम्भीर संकटप्रति चिन्ता व्यक्त गर्दै तत्काल समाधानका लागि माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
संघका अध्यक्ष विष्णु प्रसाद तिमल्सिनाले विज्ञप्ति जारी गर्दै केही वर्षदेखि संस्थाले कानुनी, संरचनात्मक र नेतृत्वगत समस्याहरूको सामना गरिरहेको जनाइएको छ । ती समस्याका कारण सेवा प्रवाहमा अवरोध र कर्मचारीहरुको मनोबलमा गिरावट आएको संघले उल्लेख गरेको छ ।
संघले विगतदेखि नै संवाद, पत्राचार र अपिलमार्फत समाधानको प्रयास गरे पनि वेवास्ता भएकाले समस्या झन जटिल बन्दै गएको जनाएको छ । विशेषगरी, नियमित रूपमा काम गर्दै आएका करार तथा आवधिक सेवाका कर्मचारीहरूको नियुक्ति नविकरण हुन नसकेको, र हाल संस्थामा कार्यसमिति नै नरहेको अवस्थामा प्रशासनबाट देखिएको वेवास्ता संघको मुख्य आपत्ति रहेको छ ।
संघले तीन दिनभित्र मागहरू पुरा नभएमा चरणबद्ध संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ ।