Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते





जनकपुरधाम ।
सिरहा कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार दिउँसो करिब ३ः३० बजे कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद हुँदा झडप भएको हो । “कसले आन्तरिक नेतृत्व गर्ने भन्ने विषयमा विवाद चर्किएपछि कैदीहरू आपसमा झगडामा उत्रिएका हुन्,“ उनले बताए । झडपमा घाइते भएका १३ जना कैदीहरूको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारीमा उल्लेख छ ।
घटनापछि कारागारमा थप सुरक्षाकर्मी खटाइएको छ भने झडपमा संलग्न रहेका व्यक्तिहरूको पहिचान गरी अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।