Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सोनापाडा बसहियामा स्वास्थ्य शिविर, एक हजार भन्दा बढी रोगीको निःशुल्क उपचार

माँ सोनासती हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा लैव टेष्ट देखि अल्ट्रासाउण्ड सम्मको व्यवस्था





जनकपुरधाम ।
जनकपुरधाम २४ स्थित सोनापाडा बसहियामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयको प्रागंणमा आयोजित एकदिवसीय सो स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी रोगीको निःशुल्क उपचार गरिएको छ ।
एक महिना अघि स्थापना भएको माँ सोनासती हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को आयोजनामा भएको सो स्वास्थ्य शिविरमा मिनि अस्पताल नै बनाइएको थियो । माँ सोनासती हस्पिटलका अध्यक्ष अनिल मिश्रका अनुसार निःशुल्क जाँचका अतिरिक्त प्याथोलोजी लैवदेखि अल्ट्रासाउण्डको व्यवस्था गरिएको थियो ।
शिविरमा वरिष्ठ वालरोग विशेषज्ञ डा.वलराम मिश्र, हार्डजोर्नीका डा.सम्भव मिश्र, गाइनोका डा.मनिषा भारद्वाज, नाक कान घाँटीका डा.जयनन्दप्रसाद सिंह, एमडिजीपी डा.संतोष यादव, मेडिसिनका डा.संदीपकुमार महतो, डा.आलोक मिश्र, डा.विलोक मिश्र लगायतका चिकित्सकले उपचार गरेका थिए ।
शिविर स्थलमा रोगीहरुको दिनभरी भीड लागेको थियो ।