Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतले गर्यो पार्टी भित्र अनुशासनमा कडाई, पार्टीका सदस्यको गलती देखाउन सार्वजनिक अपिल





काठमाडौँ ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्तरिक अनुशासनमा कडाइ गरेको छ । पार्टीभित्रका कुनै सदस्यले कुनै किसिमले आफ्नो निहित स्वार्थ राखी या कुनै किसिमले समाजलाई नकारात्मक असर हुने काम गरेको पाइएमा पार्टीलाई जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको हो ।
त्यसका लागि पार्टीले एउटा गुगल फर्म सार्वजनिक गरेको छ । पार्टीका कुनै सदस्यले अनुशासनहीन काम गरेको जानकारी प्राप्त भएपछि फर्म भरेर जानकारी गराउन जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक साहले सर्वसाधारणलाई आग्रह गरेका हुन् । त्यसरी जानकारी गराउने व्यक्तिको विवरण गोप्य राखिने पनि प्रतिबद्धता उनले जनाएका छन् ।
गल्तीको गाम्भीर्य हेरी त्यस अनुसार कारबाही गर्न सकिने उनले जानकारी दिए । उनले गल्तीको प्रकृति र परिणाम हेरेर सदस्यको हकमा सम्बन्धित समितिले लिखित वा मौखिक रूपमा स्पष्टीकरण माग्ने, आलोचना गर्ने, लिखित रूपमा आत्मालोचना गराउने, चेतावनी दिने, पद वा सदस्यताबाट निलम्बन गर्ने, क्रियाशील सदस्यबाट नै हटाउने वा पदमुक्त गर्ने गरी कारबाही हुन सक्ने उपाध्यक्ष साहले बताए ।
कुनै पनि समिति वा सदस्यले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी पालन नगरेमा समितिको हकमा माथिल्लो समितिले विघटन गर्न सक्नेछ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई एक पद घटुवा गर्न सक्ने प्रावधान रहेको उपाध्यक्ष साहले बताए ।
पार्टी अनुशासनको कारबाही भोगिरहेका क्रियाशील सदस्यले कारबाही अवधि भर पार्टीको कुनै पनि तह र जनप्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवारी दिन नसक्ने बताउँदै उनले विशेष परिस्थितिमा केन्द्रीय अनुशासन समितिले तोकेको प्रक्रियाको अधीनमा रही कुनै पनि क्रियाशील सदस्य र समिति उपर कारबाही गर्न सक्ने बताए ।
पार्टी निर्णयको अवज्ञा गरेमा वा पार्टी हित र प्रतिष्ठामा आँच पु¥याउने काम गरेमा जनप्रतिनिधिहरूको हकमा पार्टी केन्द्रीय समितिले निर्वाचित भएको तहबाट हटाउनेसम्मको कारबाही गर्न सक्ने अधिकार अनुशासन विभागसँग रहेको उनले बताए ।
कुनै पनि सदस्य वा समिति उपर अन्तिम कारबाही गर्नुअघि व्यवहारिक निश्चित समय–सीमा तोकेर स्पष्टीकरण दिने मौका दिइनेछ । आफूमाथि भएको कारबाही उपर चित्त नबुझे कुनै पनि सदस्य वा समितिले माथिल्लो समितिमा पुनरावेदन दिन सक्ने उपाध्यक्ष साहले बताएका छन् ।