Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको पहलगाम आक्रमणमा संलग्न टीआरएफलाई अमेरिकाले गर्यो आतंकवादी संगठन घोषणा





एजेन्सी ।
जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।
विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा टीआरएफले पहलगाममा २२ अप्रिलमा भएको हमलाको जिम्मेवारी लिएको थियो । यसमा २६ जनाको मृत्यु भएको थियो ।’
गत वैशाख ९ गते भारत प्रशासित जम्मुकश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका रुपन्देहीका सुदीप न्यौपानेसहित २६ जनाको गोली हानेर हत्या भएको थियो । अमेरिकाले यो घटनालाई सन् २००८ को मुम्बई हमलापछि भारतमा नागरिकहरुमाथि भएको सबैभन्दा घातक हमला भनेको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रले सो घटनापछि प्रेस ब्रिफिङको क्रममा टीआरएफ नै आक्रमणमा संलग्न भएको बताएका थिए । लगत्तै सुरक्षा एजेन्सीहरुले आक्रमणकारीको स्केच सार्वजनिक गरेका थिए ।
आतंकवादीहरूले पर्यटकहरूलाई घेराबन्दीमा पारिसकेपछि सोधपुछ गर्दै गोली दागेर हत्या गरेको भागेर ज्यान बचाएकाहरूले सुनाए । घटनाको केही घण्टापछि प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तोयबा (एलईटी)को शाखा मानिने द रेजिस्टेन्स फ्रन्टले बर्बर हत्याको जिम्मा लियो ।