Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डिएफओ झा र आज सेवा निवृत हुने उपसचिव शर्मा मुख्यमन्त्रीबाट सम्मानित





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले डिभिजन वन कार्यालय सर्लाहीका डिएफओ सन्तोषकुमार झालाई कदरपत्र दिई सम्मानित गर्नुभएको छ । साथै आजबाट सेवा निवृत भइरहनु भएका उपसचिव सुरेश शर्मालाई पनि सम्मान गर्नुभएको छ ।
मधेश प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको नीति तथा कार्यक्रम अन्तरगत सागरनाथ वन विकास परियोजना र सर्लाही जिल्लाको वन क्षेत्र अतिक्रमण नियन्त्रण तथा व्यवस्थापनमा उल्लेख्य योगदान पुर्याउनु भएकोमा डिएफओ झालाई उच्च प्रशंसा गर्दै मधेश प्रदेश सरकारले आज कदर गरेको छ ।
मधेश प्रदेश वन निर्देशनालयमा कार्यरत उपसचिव सुरेशप्रसाद शर्माले वन, वातावरण र जैविक विविधता संरक्षण तथा हरियाली प्रवद्र्धनमा प्रत्यक्ष र जनस्तरवाट समेत अभियानको रूपमा संचालन गरि अतुलनीय योगदान पुऱ्याउनु भएकोमा उच्च प्रशंसा गर्दै मधेश प्रदेश सरकारले आज सम्मान गरेको छ ।
सम्मानित हुने दूबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ । सो अवसरमा
वन तथा वातावरणमन्त्री संजयकुमार यादव, मन्त्रालयका सचिव उद्धव वहादुर घिमिरे लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।