Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी





काठमाडौँ ।
प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी थालेको छ ।
उक्त पद हटाउने गरि बिहीबार च्यासलमा बस्न लागेको सचिवालय बैठक ठोस प्रस्ताव लगिने भएको छ । एमालेका एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार हाल ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद भदौ २०–२० मा हुने विधान महाधिवेशनबाट हटाउने गरि प्रस्ताव लैजान लागिएको हो ।
त्यसकै लागि बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाका प्रस्तुत गर्दैछन् । उता अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिवले शंकर पोखरेलले विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको सांगठनिक प्रतिवेदनको खाका पेश गर्ने तयारी छ ।
पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्ने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गरेका थिए ।
संयोगवश, उनले ओलीको आलोचना गरेको एक महिना पनि नबित्दै एमालेले जनसंगठनमा पनि वरिष्ठ उपाध्यक्ष नराखिएकाले अब पार्टीमा पनि त्यही कार्यान्वयनको योजना ल्याउन लागेको हो ।
विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । तीनवटै प्रस्तावलाई बिहीबारको सचिवालय बैठकबाट अघि बढाएर एमालेले पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पास गर्दै विधान महाधिवेशनमा लैजानेछ ।
सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो । त्यसको तीन दिनपछि भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पोखरेलले ओलीलाई घेरेका थिए ।
पोखरेलले गरेको आलोचना सेलाउन नपाउँदै आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीको सनराइज हलमा हुने विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी एमालेले गरेको हो ।
यदि ७० वर्षे उमेर हद हटेको अवस्थामा एघारौँ महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षमा पोखरेल दोहोरिन सक्ने करिब निश्चित छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई सहयोगभन्दा धेरै आलोचना र चुनौती दिएपछि ओलीले उक्त पद हटाएर अब उपाध्यक्ष मात्रै राख्ने योजना ल्याएका हुन् ।
यस्तोमा एमालेले वरिष्ठ उपाध्यक्ष पद नै नराख्ने तथा महासचिवले प्रयोग गर्दै आएको अधिकार पनि अध्यक्षमा पठाउने तयारीसहित विधान संशोधन प्रस्ताव अघि बढाउन लागेको हो ।
एमालेका एक पदाधिकारीले यसबारेमा आफूलाई अनौपचारिक जानकारी आए पनि बैठकमै ठोस छलफल हुने जानकारी दिए ।
एमालेभित्र अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनसँगै ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालले तनाव बढेको छ ।
विधान महाधिवेशनमा ७० वर्षे उमेर हद सबैभन्दा चर्को बहसको विषय बन्न सक्छ । अर्कातिर अध्यक्षको २ वर्षे कार्यकाल पनि पेचिलो विषय छ । ओली यी दुवै कुरा हटाएर आफूलाई ११ औँ महाधिवेशनमा पनि अगाडि लैजाने योजनामा देखिएका छन् ।