Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा शेख हसिनाको गृहनगर गोपालगञ्जमा हिंसात्मक प्रदर्शन, ४ जनाको मृत्यु ९ जना घाइते





एजेन्सी ।
बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको ¥यालीका क्रममा हिंसा भड्किएको छ ।
हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो । बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको ¥यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए ।
प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।
हिंसामा मारिएका मध्ये तीनको पहिचान खुलेको र उनीहरू दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), सोहेल मोल्ला (४१ वर्ष) रहेका छन् ।
चिकित्सकका अनुसार उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो ।
हिंसाको बाबजुद पनि एनसीपी ले गोपालगञ्जमा ¥याली सम्पन्न गरेको छ । क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए । एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले ¥यालीको अध्यक्षता गर्दै भने,’यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं ।’
एनसीपी नेता सरजिस आलमले फेसबुक पोस्टमा लेखेका छन्, ‘गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे । प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो ।’ प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कफ्र्यु जारी गर्ने आदेश दिएको छ । गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सैनिक तैनाथ गरिएका छन् ।
एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २८ फेब्रुअरी २०२५ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वको पहिलो राजनीतिक दल मानिन्छ । अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन पनि यस पार्टीलाई प्राप्त छ ।
युनुसले एक्समा लेखेका छन्, ‘युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो ।’ उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनलाई दिए । युनुसले भने, ‘अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्णरूपमा जवाफदेही बनाइनुपर्छ ।
यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन । यस्ता धम्कीका बाबजुद पनि ¥याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं ।’