Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतका सिरहा इन्चार्जको चेतावनी– निलम्बित उपाध्यक्ष र कोषाध्यक्षलाई भौतिक कारबाही गर्छौँ





जनकपुरधाम ।
जनमत पार्टीका निलम्बित उपाध्यक्ष  दिपक साहसहितका नेतालाई भौतिक कारबाही गर्ने सोही पार्टीका सिरहा इन्चार्ज बिनोद यादवले चेतावनी दिएका छन् ।
जनमतका सिरहा इन्चार्ज यादवले पार्टीबाट कारबाहीमा परेका उपाध्यक्ष साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव र कार्यकारिणी सदस्य शम्भु साहलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् । पार्टीको निर्देशन र सिद्धान्त विपरित कार्य गरिरहेको उनीहरुमाथि आरोप लगाइएको छ ।
पार्टीलाई बदनाम गर्न सिरहामा गतिविधि गरिरहेको भन्दै कारबाही गर्न तीनैजना नेताविरुद्ध सिरहा इन्चार्ज यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएका छन् । सो निवेदनमै पार्टी विरोधी गतिविधि नरोकिए भौतिक कारबाही गर्ने उल्लेख छ ।
भौतिक कारबाही गर्ने चेतावनीसहितको निवेदन जिल्ला प्रशासन कार्यालयले दर्ता पनि गरेको छ ।
पार्टीले कारबाही गरेपछि साहसहितका नेताहरुले ‘जनसंवाद यात्रा’ सुरु गरेका हुन् । सो क्रममा बारामा उनीहरुमाथि जनमतकै कार्यकर्ताले मोसो छ्यापेर दुव्र्यवहार गरेका थिए ।