Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा मधेसका पालिकाहरु सबैभन्दा कमजोर





जनकपुरधाम ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ ।
स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो ।
मन्त्रालयले लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ ।
स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।
४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो ।
लिजामा मधेश प्रदेशका पालिकाहरु कमजोर देखिएका छन् । महोत्तरीको सोनमा गाउँपालिका १०० अंकमा जम्मा १२.५० अंक, गढिमाइ नगरपालिकाले २०.५, धनुषाको सवैला नगरपालिकाले २५.२५, पर्साको धोविनी गाउँपालिकाले २५.७५ अंक मात्रै ल्याएका छन् ।