Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अध्यापकमाथि यौन शोषणको आरोप लगाउँदै भारतको ओडिसामा छात्राले गरिन् आत्मदाह, अध्यापक पक्राउ





एजेन्सी ।
भारतमा अध्यापकलाई यौन उत्पीडनको आरोप लगाउँदै आत्मदाह प्रयास गरेकी छात्राको मृत्यु भएको छ ।
भारतीय राज्य ओडिसाको बालासोरस्थित फकिर मोहन क्याम्पसकी बीएड दोस्रो वर्षकी २० वर्षीया छात्राले एचओडी (विभाग प्रमुख) समीर कुमार साहुले लामो समयदेखि यौन शोषण गरेको तर उजुरी दिँदा पनि क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै क्याम्पसमै जिउमा मट्टितेल खन्याएर आगो लगाएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार भुवनेश्वरस्थित एम्स अस्पतालमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीले छात्राको मृत्युमा दुःख व्यक्त गर्दै घटनाका दोषीविरुद्ध कानुनअनुसार कारबाही गरिने आश्वासन दिएका छन् । घटनाका मुख्य आरोपित अध्यापक साहुलाई यसअघि नै पक्राउ गरिएको छ भने सोमबार प्राचार्य दिलीप कुमार घोषलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित परिवारले ती छात्रालाई धेरै महिनादेखि यौन शोषण गरेको आरोप लगाएको छ। यसविरुद्ध कलेज प्रशासनमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर उनले त्यस्तो कदम चालेको परिवारको भनाइ छ ।
बरु प्राचार्य प्रिन्सिपल र कलेजको आन्तरिक अनुसन्धान समितिले उल्टै आरोपित शिक्षकलाई बचाउन खोजेको आरोप पीडित परिवारले लगाएको छ ।