Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय क्रिकेटर शिखर धवनले लिए क्रिकेटबाट सन्यास





एजेन्सी ।
भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् । उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेस्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।
शिखर धवनले भनेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैँ भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयो पनि, जसका लागि म धेरै मानिसलाई धन्यवाद दिन्छु ।’
शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘मेरो क्रिकेट यात्रालाई अलबिदा गर्दै यस कुराले मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु ।’