Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धर्म परिवर्तनका लागि छान्गुर बाबाले नेपालको बाटो हुँदै हवालाको ३ सय करोड रुपैयाँ भित्रयाएको भारतीय प्रहरीको दावी





एजेन्सी ।
उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ताले (एटीएस) एक सनसनीपूर्ण खुलासा गर्दै भारतमा धार्मिक रूपान्तरण गराउने उद्देश्यले करोडौं रुपैयाँ विदेशी रकम भित्रिएको जानकारी दिएको छ । एटीएसले तीन वर्षको अवधिमा छान्गुर बाबा उर्फ जलालुद्दिनले करिब ५०० करोड भारतीय रुपैयाँ बराबरको रकम विदेशी स्रोतबाट प्राप्त गरेको दाबी गरेको छ ।
एटीएसका अनुसार, सो रकममध्ये २०० करोड रुपैयाँ वैध बैंकिङ प्रणालीमार्फत भारत भित्रिएको हो भने ३०० करोड रुपैयाँ नेपालमार्फत अवैध हवाला च्यानल प्रयोग गरी भित्राइएको हो । ती रकम पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्की जस्ता मुस्लिम देशहरूबाट आएको बताइएको छ ।
नेपालका सीमावर्ती जिल्लामा १०० भन्दा बढी खाता
अनुसन्धानको क्रममा एटीएसले काठमाडौँ, नवलपरासी, रुपन्देही र बाँके लगायतका नेपाली सीमावर्ती जिल्लामा १०० भन्दा बढी बैंक खाता खोलिएको पत्ता लगाएको छ । ती खातामा पैसा जम्मा गराएर स्थानीय एजेन्टहरूमार्फत रकम भारत पठाइएको थियो । बदलामा एजेन्टहरूले ४–५ प्रतिशत कमिसन लिने गरेका थिए ।
एटीएसका अनुसार, धेरैपटक पैसा क्यास डिपोजिट मेसिनको प्रयोग गरी जम्मा गरिएको थियो । नेपालबाट भारत पुगेपछि बलरामपुर, श्रावस्ती, बहराइच र लखीमपुर लगायतका भारतीय सीमावर्ती जिल्लामा स्थानीय मुद्रा सटहीकर्तामार्फत भारतीय मुद्रामा रूपान्तरण गरिएको थियो ।
यस अवैध हवाला सञ्जालमा बिहारका मधुबनी, सीतामढी, पूर्णिया, किशनगंज, चम्पारण र सुपौल जिल्लाका एजेन्टहरूको संलग्नता पनि खुलेको एटीएसले जनाएको छ ।
एटीएसका अनुसार, धेरैजसो विदेशी कोष अयोध्या जिल्लामा केन्द्रित भएको थियो, जहाँ हिन्दू युवतीहरूलाई धर्म परिवर्तन गराएको आरोप लागेको छ । छान्गुर बाबा र उनका सहयोगीहरूसँग जोडिएका ४० वटा बैंक खाताको अनुसन्धान थालिएको छ ।
अनुसन्धानका क्रममा नवीन रोहराका खातामा ३४.२२ करोड र नसरीन नामकी व्यक्तिको खातामा १३.९० करोड रुपैयाँ फेला परेको एटीएसले जनाएको छ । छान्गुर बाबाका दुबई, शारजाह वा यूएईमा समेत बैंक खाता हुन सक्ने आशंका गरिएको छ र सो सम्बन्धमा अनुसन्धान जारी रहेको बताइएको छ ।