Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमत पार्टीले दुई नेतालाई सोध्यो स्पष्टीकरण





जनकपुरधाम ।
सीके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई स्पष्टीकरण सोधेको छ । गैरआवासीय मधेसी संघका पूर्वसंयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भु नाथ साह (धनुषा ) र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट ) स्पष्टीकरण सोधिएको प्रवक्ता शरद् सिंह यादवले जानकारी दिए ।
पार्टीको हित विपरीत कार्य गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिले दुवै नेतालाई बिहीबार ७ दिन भित्र जबाफ दिने गरी स्पष्टीकरण सोधेको उनको भनाइ छ ।
वीरेन्द्रको हकमा उनले केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गरेको उल्लेख छ । यस्तै जनमत पार्टीको नीति निर्देशन र पार्टीको विधान विपरीत ढङ्गले अनुशासनहीनता प्रदर्शन गरेको, पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्न भएको आरोप लगाइएको छ ।
यस्तै शम्भुनाथको हकमा पनि सोही आरोप लगाउँदै पार्टी विधानको धारा ३९ (क) को उपधारा २,३,४,५,१० र १५ आकर्षित भएको उल्लेख छ । अनुशासन समितिका संयोजक नरेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित स्पष्टीकरणमा भनिएको छ, ‘तपाईंलाई किन कारबाही नहुनु पर्ने हो भनी ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्नु हुन अनुरोध छ ।’