Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

याज्ञवल्क्य संस्कृत माविले गर्यो एसईई उतीर्ण विद्यार्थीलाई सम्मानित





जनकपुरधाम ।
जनकपुरधामको याज्ञवल्क्य संस्कृत माविले एसईईमा उतीर्ण गरेका विद्यार्थीहरुलाई सम्मानित गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै एसईईमा उतीर्ण भएका विद्यार्थीहरुलाई ट्रफी दिएर सम्मानित गरेको हो ।
विद्यालयबाट सहभागी ३ सय ७ विद्यार्थीमध्ये उतीर्ण भएका १ सय ९७ विद्यार्थीलाई सम्मानित गरिएको विद्यालयका प्रधानाध्यापक संजय झाले जानकारी दिए । साधारण तर्फ २ सय १५ मध्ये १ सय ४६, प्राविधिक तर्फ ४७मध्ये ४६ र संस्कृत तर्फ ४५ मध्ये ५ विद्यार्थी उतीर्ण गरेको उनले बताए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षता एवं नगरप्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई समेत सम्मानित गरिएको प्रधानाध्यापक झाले बताए ।