Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यातायात कार्यालय धनकुटाका प्रमुखलाई कालोमोसो





काठमाडौँ ।
यातायात व्यवस्था कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई नेकपा (बहुमत) का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । बुधबार दिउँसो लुईंटेलमाथि कार्यकक्षमै कालोमोसो छ्यापिएको हो ।
नेकपा (बहुमत) धनकुटा संयोजक मोहन घलेले विज्ञप्तिमार्फत कालोमोसो छ्यापिएको बताएका छन् । उनले कार्यालय प्रमुख लुईंटेललाई सेवाग्राहीबाट प्रतिव्यक्ति १८ हजार रूपैयाँसम्म घुस लिने गरेको आरोप लगाउँदै पार्टीलाई प्राप्त भएको गुनासोका आधारमा छानबिन गर्दा प्रमाणित भएकोले चेतावनीस्वरुप कालोमोसो दलेको बताएका छन् ।
धनकुटामा करिब दुई बर्षअघि मात्रै यातायात व्यवस्था कार्यालय स्थापना गरिएको थियो । विराटनगर घर भएका लुईंटेल एक बर्षयता त्यहाँ कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका थिए ।
यता कार्यालयको कर्मचारी स्रोतले भने विभिन्न समूहका नाममा कार्यालयमा चन्दा माग हुने गरेको र चन्दा नदिएका कारण कार्यालय प्रमुखमाथि दुव्र्यवहार भएको दाबी गरेका छन् ।
कर्मचारीहरूले कार्यालयमा काम गर्ने वातावरण नबनेको भन्दै सुरक्षाको व्यवस्था नभएसम्म काम नगर्ने चेतावनी दिएका छन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
धनकुटा प्रहरीले कार्यालय प्रमुख लुईंटेलमाथि कालोमासो दलेको घटनामा संलग्न रहेका व्यक्तिहरूको पहिचान भएपनि कोहीपनि पक्राउ नपरेको जनाइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।