Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुलिङ्ग पिरियडमा देखिएको समस्या समाधान गर्न बनेको समिति नै अवैधानिक !





काठमाडौँ ।
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित विशेष समिति नै अवैध देखिएको छ ।
सभामुख देवराज घिमिरेले २३ असारमा गठन गरेको ७ सदस्यीय समितिको गठन प्रक्रिया प्रतिनिधिसभा नियमावली विपरित देखिएको छ ।
सभामुखले कांग्रेस संसद जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्न गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो ।
तर समितिको प्रस्ताव गर्ने सभामुख, समिति बनाउन छलफलमा जुटेका दलका सचेतकहरु र समितिलाइृ अनुमोदन गर्ने प्रतिनिधिसभाका सबै सदस्यहरु नियमावली अनुसार समिति बनाउन चुकेको देखिएको छ ।
सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम विशेष समिति गठन गरी यसको समायावधि र कार्यादेश समेत दिइसकिएको छ ।
तर समितिका संयोजक परियारलाई संसदकै नियमावलीले चिन्दैन । प्रतिनिधिसभा नियमावलीमा विशेष सहित कुनैपनि समितिमा संयोजक हुँदैनन् । तर सभामुखले प्रस्ताव गरी प्रतिनिभिसाले अनुमोदन गरेको समितिमा जिवन परियारलाई संयोजक छन् ।
नियम १८० मा समितिको नेतृत्व गर्नेलाई संयोजक भन्ने कि सभापति भन्ने भनेर नतोकिए पनि नियम प्रतिनिधिसभा नियमावलीको नियम १८१ उपनियम १ मा समितिको बैठक समिति सभापतिले बोलाउने भनिएको छ ।
तर सभामुखले बनाएको समितिको नेतृत्वा सभामुख नभइ संयोजक छन् । जसलाई प्रतिनिधिसभाको नियमावलीका कुनैपनि नियम र उपनियमले चिन्दैनन् ।
संसदले यसअघि बनाएका सबै समिति र विशेष समितिको नेतृत्वकर्तालाई सभापति नै भनेर उल्लेख गर्ने गरिएको थियो । तर यसपटक नेतृत्वकर्तालाई नियमावलीले नै नचिन्ने पद संयोजक किन भनिएको हो भन्ने विषयमा सभामुख मौन छन् ।