

काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौँको विशालनगरमा सुरु भएको छ ।
आफ्ना गुटका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निकालेपछि कोइरालाले आज आफ्नो सम्पर्क कार्यालयमा आफूपक्षीय नेताको भेला बोलाएका हुन् । भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद र नेताहरूलाई बोलाएका छन् । भेलामा कृषिमन्त्री रामनाथ अधिकारी, खेलकुदमन्त्री तेजुलाल चौधरी, केही सांसद र केन्द्रीय सदस्यहरू पनि गएका छन् ।
अहिले भेला जारी छ । आफूपक्षीय नेतालाई छानीछानी संस्थापन पक्षले कारबाही गरेको आरोप कोइराला पक्षले लगाएको छ ।
