

सुजीतकुमार झा
जनकपुरधाम
यदुकोहा माध्यमिक विद्यालयका अवकाशप्राप्त प्रधानाध्यापक लालबाबू हाथीले आप्mनो पेशासँग मैले माया मात्रै होइन सम्मान पनि गरेको बताउनुभयो । कम तलब हुँदा पनि शिक्षण पेशा नै राम्रो लागेको अवकाशपछि पनि शिक्षकनै बढी मन पर्छ बताउँदै उहाँले भन्नुभयो – शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो ।
मोडेल खबरसँग कुरा गर्दै हाथीले भन्नुभयो – सिक्ने र सिकाउने जति मज्जा कुनैमा हुँदैन ।
शिक्षक संघ र शिक्षक युनियनका अध्यक्ष रहिसकेका उहाँले शिक्षकको रुपमा लामो समय राजनीति गरेको तर मेरो राजनीतिको ध्येय शिक्षाको उत्थान र शिक्षकहरुको समस्या समाधान रहेको थियो बताउनुभयो ।
हाथीसँगको कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabarमा हेर्न एवं सुन्न सकिन्छ ।
