Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवासंघको निर्वाचनको तालिका सार्वजनिक, मनोनयनपत्र दाखिला भदौ १४ गते





जनकपुरधाम

भदौ २९ गते हुने जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि तालिका आज सार्वजनिक गरिएको छ । मनोनयनपत्र दाखिला भदौ १४ गते हुने जानकारी निर्वाचन समितिका संयोजक ललित साहले मोडेल खबरलाई दिएका छन् ।
तालिका अनुसार भदौ ७ गते मतदाता नामावली प्रकाशन, भदौ ९ गते मतदाता नामावली माथि दाबी विरोध तथा सच्चयाउने कार्य, भदौ १० गते अन्तिम नामावली प्रकाशन, भदौ १३ गते मनोनयनपत्र वितरण भदौ १४ गते मनोनयनपत्र दाखिलाको कार्यक्रम रहेको छ । विहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी दाखिला हुने छ । सोही दिन साँझ ६ बजे उम्मेदवारीको नामावली प्रकाशन गरिनेछ ।
भदौ १५ गते उम्मेदवारहरुमाथि दाबी विरोध, भदौ १६ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन, भदौ १७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता, सोहीदिन साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन, भदौ २१ गतेदेखि २६ गतेसम्म मतदाता परिचयपत्र वितरण गरिने छ । भदौ २९ गते विहान ८ बजेदेखि ५ बजेसम्म मतदान हुने जानकारी निर्वाचन समितिका सदस्य किशन दीक्षितले मोडेल खबरलाई दिएका छन् ।