Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आर्मेनयाको राष्ट्रियसभामा सांसदहरुबीच कुटाकुट





एजेन्सी ।
आर्मेनियाको राष्ट्रिय सभा (संसद्) मा सत्तारूढ दल र विपक्षी सांसदहरूबीच कुटाकुट भएको छ । संसदीय उन्मुक्ति र विपक्षी सांसद आर्टुर सार्गस्यानको गिरफ्तारी अन्त्य गर्ने प्रस्तावमा बहस भइरहेको बेला सांसदहरूबीच कुटाकुट भएको हो ।
सत्तारूढ दलले सार्गस्यानमाथि फौजदारी आरोपहरू उल्लेख गरेर उनको सांसद पद समाप्त गर्दै गिरफ्तारी माग गरेको थियो ।
विपक्षीले यो प्रस्तावलाई बदला लिने र विपक्षीको आवाज दबाउने प्रयासबाट प्रेरित भएको बताएका छन् । संसद्को सत्र शुरू हुनेवित्तिकै कुटाकुट शुरू भएको थियो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सांसदहरू एकअर्कालाई मुक्का हानेको र बोतल फ्याँकेको देखिन्छ । यसपछि, सुरक्षा गार्डहरूले हस्तक्षेप गरेर मामिला नियन्त्रण गरेका छन् । घटना मंगलबारको हो ।
२०२० मा अजरबैजान विरुद्धको नागोर्नो–काराबाख युद्धमा आर्मेनियाले पराजय भोग्नुपरेको थियो, जसपछि देशको राजनीतिक अवस्था अस्थिर छ । २०२० मा, अजरबैजानले आर्मेनियामाथि आक्रमण गरेको थियो ।