Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिके राउतद्वारा लिखित ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण





काठमाडौं ।
डा.सिके राउतको ‘वैरागदेखि बचावसम्म’को तेस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रममाबीच लोकार्पण गरिएको हो ।
अमेरिकाबाट नेपाल फर्किएको किन भन्ने प्रश्नको जवाफ दिन अंग्रेजीमा पहिले नै प्रकाशित यो पुस्तक अनुवाद गरेर नेपालीमा प्रकाशित गरेको डा. राउतले बताए । लोकार्पण कार्यक्रममा उनले आफूले विगतमा पुस्तक प्रकाशित गर्न समेत अफ्ट्यारो महसुस गरेको पृष्ठभूमि रहेको बताए । ‘इतिहासको कालखण्डको एउटा तस्बिर हो, दस्तावेज हो’, डा. राउतले भने ।
यो पुस्तक सिके राउतको आत्मकथा हो । काठमाडौँमा मधेसीप्रति हुने भेदभाव विगतमा कस्तो थियो भन्ने पुस्तकमा रहेको उनले बताए । पढाइ सकाएर अध्यापनमा रहँदा समेत हेपिएको, उत्कृष्ट अंक ल्याएर राजाबाट महेन्द्र विद्याभूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउने उनले सुनाए ।
वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान खोज्न पुगेको उनले सुनाए । विश्व ग्लोबल भिलेज भए पनि पहिचानको आवश्यकता नमेटिने उनले बताए । आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा.राउतले बताएका छन् । समाज उन्नतिको लागि तत्कालमा राजनीति गर्ने र दीर्घकालीन बोध अध्यात्म रहेको उनले सुनाए ।