Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जिरोमाइल प्रहरी चौकीको नयाँ भवन बनाउन गृहमन्त्रीसँग कांग्रेसीहरुको माँग





जनकपुरधाम

गृहमन्त्री रमेश लेखकसँग कांग्रेसीहरुले जिरोमाइल प्रहरी चौकीको नयाँ भवन निर्माणको मांग गरेका छन् । नेपाली कांग्रेस धनुषा पार्टी कार्यालय पुगेका मन्त्री लेखकसँग कांग्रेसीहरुले जिल्लाको सुरक्षा सहित अन्य विभिन्न माँग समेत गरेका छन् ।
युवा नेता मनोजकुमार चौधरीले जिरोमाइल प्रहरी चौकीको भवन जीर्ण भएकाले प्रहरीलाई काम गर्न निकै कठिनाइ भइरहेको बताउँदै भवनको लागि आवश्यक बजेट उपलब्ध गराउन माँग गरेका छन् । जग्गा छन् तर बजेटको अभावले भवन निर्माण हुन नसकेको उहाँको कथन थियो । सो चौकीले बसस्टैण्ड जस्तो सम्बेदनशील स्थानलाई हेर्नेगर्छन भने बिन्धी, लादोबेला, बसहिया, बसबिट्टी, जनकपुरधाम ७ र वडा नम्बर ४ को केही भागको पनि सुरक्षा दिने गरेको छ । सो चौकीलाई मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुले तोडिदिएका थिए ।
कांग्रेस नेता चौधरीले जनकपुरधाम भिट्ठामोड सडक अन्तर्गत महोत्तरीको बनौली मोडमा स्थायी प्रहरी चौकी राख्न समेत माँग गरेका छन् ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियारको अध्यक्षतामा भएको सो समारोहमा मन्त्री लेखकका अतिरिक्त पार्टीका उपाध्यक्ष लक्ष्मी यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्यामप्रसाद साह, पूर्व वरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साह लगायतले बोल्नु भएको थियो ।